भूमिका पाख्रिन, भाद्र ६
३२ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सीडिएफ नेपालले मोरङको लेटाङमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अन्तर धार्मिक शान्ति सञ्जालको संयोजनमा सम्पन्न कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको सीडिएफ नेपालका कार्यक्रम संयोजक नरबहादुर लिम्बूले बताएका छन् । सीडिएफ नेपालले उत्तरी मोरङको विभिन्न स्थानमा समुदायमा शान्ति निर्माण, दिगो जिविकोपार्जन, राहत वितरण, विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकास को क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको छ ।