धरानमा तास खेल्ने ५ जना जुवाडे पक्राउ

<span class='c1'>धरानमा तास खेल्ने ५</span> <span class='c2'>जना जुवाडे पक्राउ</span>

सुनसरी, भाद्र ६ गते
सुनसरीको धरान उप-महानगपालिका १३ जिरोप्वाईन्टस्थित एक घरबाट प्रहरीले तास खेली रहेको अबस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ।
तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान १३ बस्ने सुदा थापा, धरान १६ बस्ने रबिन लिम्बु, धरान १५ बस्ने भीम लिम्बु, धरान १० बस्ने राम गुरुङ र धरान ११ बस्ने राम प्रसाद राईलाई पक्राउ गरेको हो।
प्रहरीले खालबाट नगद ४६ हजार १ सय १ रुपैँया, ६ बुङ तास र ४ थान मोबायल बरामद गरेको छ। पक्राउ परेका उनीहरु उपर आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्