बेलबारीमा भीरबाट लडेर एकको मृत्यु

बेलबारीमा भीरबाट लडेर एकको मृत्यु

मोरङ, भाद्र ९ , मोरङको बेलबारी नगरपालिका ४ नरकट्टेमा बिहीबार भीरबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने बर्ष ५६ को पुर्ण बहादुर बस्नेत रहेका छन्।

स्थानीय पुतली डाँडा भीरमा घाँस काट्ने क्रममा अचानक भीरबाट लडेर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

घट्नाको जानकारी पाउनासाथ तत्काल खटिएको टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरिसकेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्