इटहरीमा डुवेको अवस्थामा सिटी सफारी चालक मृत फेला

इटहरीमा डुवेको अवस्थामा सिटी सफारी चालक मृत फेला

सुनसरी, भाद्र १० गते।सुनसरीको इटहरी-८ गैसार स्थित नालीमा शुक्रबार एक सिटी सफारी चालक डुबेको अवस्थामा मृत भेटिएका छन्।तत्काल वतन खुल्न नसकेका अन्दाजी बर्ष ४५ बर्षिय सुरेश चौधरीलाई स्थानियले उक्त नालीमा डुबेको अवस्थामा अपरान्ह ४ बजे भेटेपछी प्रहरीमा खबर गरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी पठाएको छ भने घटनाबारे अनुसन्धान भइरेहको छ।यता सप्तरीको रुपनी गाउँपालिका-१ बस्ने जिग्यानन्द चौधरीको श्रीमती अन्दाजी २८ बर्षिय प्रभा चौधरी आफ्नै घरमा सुतिरहेको अवस्थामा अवस्थामा मृत भेटिएकी छिन्।घटनाबारे अनुसन्धान भइरहेको इलाका प्ररही कार्यालय रुपनीले जानएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्