विराटनगरबाट लागूऔषधसहित एक पक्राउ

विराटनगरबाट लागूऔषधसहित एक पक्राउ

मोरङ, भाद्र १० ,विराटनगर-१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट शुक्रबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरी धरान-१४ बस्ने ३१ बर्षिय रँजित राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट डाईजेल्याब ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल र एभिल ९ एम्पुल बरामद गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्