तस्करले एम्बुस थापेर एक जंगली हात्ती मारे

<span class='c1'>तस्करले एम्बुस थापेर एक</span> <span class='c2'>जंगली हात्ती मारे</span>

कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् ।

जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी गर्दै भन्नुभयो, ‘‘प्रारम्भिक जानकारीअनुसार तस्करले बँदेल मार्न विद्युतीय एम्बुस थापेको जस्तो देखिन्छ तर सो एम्बुसमा भाले हात्ती परेको मरेको आज बिहान थाहा भयो ।”

हात्ती मारेको खबरपछि भीमदत्तनगरबाट जिल्ला वन कार्यालयको टोली पुनर्वास पुगेर अनुसन्धान गरिरहेको छ । अहिले चिकित्सकको टोलीले हात्तीको परीक्षण गरिरहेको र यसको विशेष अनुसन्धानका साथ वन्यजन्तु तस्कर समूहको पनि खोजीकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्