चट्याङ लागेर २ को मृत्यु १३ घाइते

<span class='c1'>चट्याङ लागेर २ को</span> <span class='c2'>मृत्यु १३ घाइते</span>

पूर्वको सोलुखुम्बु र संखुवासभामा अबिरल वर्षासंगै शनिबार परेको चट्यांङ लागेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

सोलुखुम्बुको दुधकौशिका गाउँपालिका-४ बस्ने ईन्द्र बहादुर तामाङको १० बर्षिय बिमल तामाङ र प्रशुराम राई को छोरा १४ बर्षिय संन्दिप राई को शनिबार आफ्नै घरमा बसीरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको जानकारी प्राप्त भएको छ।

साथै सोही ठाउँका ३० बर्षिय अर्जुन तामाङ, ६० बर्षिय दिल बहादुर राई, ५० बर्षिय तिलक, ३७ बर्षिय रेनुका तामाङ उनकै छोरा ५ बर्षिय बिनोद तामाङ र २६ बर्षिया कमला तामाङ घाइते भएकी छिन्।

यता सोही गाउँपालिका- २ बस्ने लेखन्द्र बस्नेतको गोठमा चट्याङ पर्दा नजिकै रहेको घरमा बसीरहेका ३५ बर्षय केसर बहादुर बस्नेत, ३५ बर्षिया बिमला बस्नेत उनकै छोरी २१ बर्षिया बिनु बस्नेत र १५ बर्षिया हिरा बस्नेत घाइते भएका छन्।

उनीहरुको स्वास्थ्यकर्मीको टोली गइ घरैमा उपचार भइरेहको सोलुखुम्बु प्रहरीले जनाएको छ। यता संखुवासभाको चिचिला-१ स्थित पञ्चकन्या प्राथामिक विधालयमा शनिबार चट्याङ परेर सोही ठाउँका ३८ बर्षिय सुकमान तामाङ घाइते भएका छन् भने , खाँदबारी नगरपालिका-६ बस्ने ५५ बर्षिया लक्ष्मी तामाङ उनकै छोरी २१ बर्षिया अस्मिता तामाङ, सभापोखरी गाउँपालिका-१ लेब्राङ बस्ने संजय गुरुङको १४ बर्षिय छोरा दिवस गुरुङ समेत घाइते भएका छन्।

उनीहरुको जिल्ला अस्पताल र स्थानिय स्वस्थ्य चौकीमा उपचार भइरहेको विमटानस्थल सुरक्षागार्ड कांगेलले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्