बाढीपीडितको राहतको लागि विराटनगरमा नाटक मन्चन हुने

बाढीपीडितको राहतको लागि विराटनगरमा नाटक मन्चन हुने

लायन्स क्लब अफ विराटनगर सम्बृधी र आरोहण गुरुकुल विराटनगरको आयोजनामा बुधबारदेखि विराटनगरमा बाढीपीडितको सहयोगको लागि नाटक मन्चन हुने भएको छ । नाटक "मशानटार" प्रदर्शन गरि उठेको रकमबाट बाढीपीडितलाई सहयोग गर्ने उदेश्य रहेको क्लबका अध्यक्ष पंकज जैनले जानकारी दिए । शनिबार उक्त नाटक पत्रकार , समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुमाझ प्रदर्शन गरिएको थियो । नाटकमा भरत कार्की, विकास पराजुली, रविन चिमरिया, शिव महतो, मिलन पौडेल, सविन भट्टराई, राजेश ढकाल, सागर राजवंशी, सुरेश मण्डल, मनिसा मिश्र र ध्वनी परिचालक अशोक गौतम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्