विराटनगरबाट लागूऔषधसहित युवती पक्राउ

विराटनगरबाट लागूऔषधसहित युवती पक्राउ

मोरङ, भाद्र १३ , विराटनगर महानगरपालिका १५ स्थित बिराटनगर भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार लागूऔषधसहिरत एक युवतीलाई पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा सीमा प्रहरी चौकी रानीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका १६ सम्झना चौक बस्ने २३ बर्षिया ईशा श्रेष्ठलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी श्रेष्ठलाई शंकालागी चेकजाँच गर्ने क्रममा लागूऔषध एभिल ४७ एम्पुल, डाइजेल्याब ४७ एम्पुल, लुपिजेसिक ४७ एम्पुल फेला पारी बरामद गरेको हो। पक्राउ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुनसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्