बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरणमा मेरिल्याण्ड कलेज

बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री वितरणमा मेरिल्याण्ड कलेज

विराटनगर भदौ १२, धेरै तराईमा बसोबास गर्ने मानिसको लागि विनाशकारी रुपमा केही साता अघि आएको बाढीबाट प्रभावित मानिसहरुको लागि विराटनगर स्थित मेरिल्याण्ड कलेजले राहत वितरण गरेको छ । कार्यक्रम अन्तर्गत गुरुकुल मावि जतुवामा मेरिल्याण्ड कलेज तथा विद्यार्थीहरूको तर्फबाट २५६ जना छात्रछात्राहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । बाढीले घर तथा आफ्नो पढ्ने कापीकिताब पनि बगाएका विद्यार्थीको लागि कलेज तथा विद्यार्थीले खाजा खर्च बचाएर सहयोग गरेको कलेजका निर्देशक भेषराज पोखरेलले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी समाजसेवी सियराम यादव हुनुहुन्थ्यो भने कलेजका प्राध्यापकहरुको पनि उक्त राहत वितरण कार्यक्रममा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्