अनेरास्ववियू (क्रान्तिकारी) को निर्वाचन आज हुदै

अनेरास्ववियू (क्रान्तिकारी) को निर्वाचन आज हुदै

काठमाडौँ, भदौ १३ गते । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराउनुभएको छ । मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ ।
मल्लका अनुसार ३३ पदाधिकारीसहित २४३ पदका लागि करिब तीन सयले उम्मेदवारी दर्ता गराउनुभएको छ । नयाँ नेतृत्वका लागि मङ्गलबार निर्वाचन हुनेछ । क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा लम्बिएको हो । आइतबार सकाउने भनिएको सम्मेलन सहमति गर्दा लम्बिएको अध्यक्ष नरेन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सम्मेलन लम्बिँदा सोमबार रु. १० लाख रुपियाँ थप खर्च भएको छ । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्