छोराको कुटाइबाट आमाको मृत्यु

<span class='c1'>छोराको कुटाइबाट</span> <span class='c2'>आमाको मृत्यु</span>

चितवन । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० बर्षीय आशिष दरैले विहान करिव १० बजे बाँधेर कुटपिट गर्दा गम्भीर घाइते भई उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो ।

मादकपदार्थ सेवन गरेकी आमालाई सुधार्न भन्दै बाँधेर कुचो र हातले पिट्ने क्रममा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने छोरा आशिषलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्