क्रिकेटर बिराट कोहलीको फ्यान क्लब बिराटनगरमा

क्रिकेटर बिराट कोहलीको फ्यान क्लब बिराटनगरमा

बिराटनगर भदौ १४ , भारतीय चर्चित क्रिकेटर बिराट कोहलीको फ्यान संसारभर रहेका छन् । आकर्षक व्यक्तिव तथा लगातारको उत्कृट क्रिकेट खेलको कारण उनि निक्कै लोकप्रिय रहेका छन् । यस्तै नेपालको बिराटनगरमा पनि बिराट कोहलीका फ्यानहरु एकजुट भएका छन् । केहि बर्ष देखि फेसबुकमा सक्रिय   उक्त समुहले "इन्टरनेसनल बिराट कोहालो फ्यान क्लब"  नामक फेसबुक ग्रुप बनाएर बिभिन्न कार्यक्रम गर्दै आएको छ । उक्त फेसबुक समुहमा विश्वभरका ८० हजार बढी  कोहलीका फ्यानहरु रहेको क्लबका नेपाल संयोजक रोनक अग्रवालले जानकारी दिए  ।

समुहले बिराटनगरमा एक कार्यक्रम बीच कमिटि गठन गरेको छ । कमिटिको नेपाल संयोजक रोनक अग्रवाल रहेका छन् भने क्लब अध्यक्ष सन्नी सिंह रहेका छन् । कमिटिको उपाध्यक्षमा शिखा श्रेष्ठ र आयुष रौनियार रहेका छन्  । त्यसैगरी क्लबको सचिबमा बिक्रम यादव , उप-सचिब कुनाल सिंह र कोषाध्यक्ष सतिस यादव रहेका छन् ।कलबमा अन्य सदस्यहरुमा कोहलीका फ्यानहरु तथा क्रिकेटरहरु रहेका छन् ।  क्लबले महिला क्रिकेटलाई  प्रोत्साहन गर्ने उदेश्य लिएको क्लबका अध्यक्ष शिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्