नारायणगढ-मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो

<span class='c1'>नारायणगढ-मुग्लिन सडकखण्डका पाँच</span> <span class='c2'>ठाउँमा पहिरो</span>

चितवन,  भदौ १५ गते । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक÷एक स्थानमा पहिरो खसेको छ ।

चारकिलोमा ठूलो पहिरो रहेता पनि अन्यत्र साना पहिरो रहेको उहाँले बताउनुभयो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेकाले थप पहिरो नखसेमा केही घण्टामा आवागमन सञ्चालनमा आउने थापाले बताउनुभयो ।

पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिँदै आएको छ । आज बिहान ३ः३० बजेको हाराहारीमा ती ठाउँमा पहिरो खसेको प्रहरीको अनुमान छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्