नेपालमा पहिलो पटक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

नेपालमा पहिलो पटक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ,  भदौ १५ गते । नेपालमा पहिलो पटक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी आगामी कात्तिक ३० र मङ्सिर १ गते मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएको हो ।
महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले उक्त सम्मेलनमा मानसिक स्वास्थ्यसम्बन्धी हाल भइरहेका कार्य र आगामी कार्यदिशालगायतका विषयमा व्यापक छलफल हुने जानकारी दिनुभयो । उहाँले सम्मेलनमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यपत्रहरू प्रस्तुत हुने सम्मेलनबाट मानसिक स्वास्थ्य क्षेत्रमा अझ व्यापक काम गर्न सहयोग पुग्ने बताउनुभयो ।
सम्मेलनमा मानसिक स्वास्थ्यसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा व्यक्तिले कार्यपत्र प्रस्तुत गर्नेछन् । उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिका, जापान, थाइल्यान्ड, सिङ्गापुर, भारतलगायतका देशहरूबाट मानसिक रोगसम्बन्धी विज्ञहरूको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्