टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु

<span class='c1'>टाटा सुमो दुर्घटना हुँदा</span> <span class='c2'>एक जनाको मृत्यु</span>

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका १० स्थित सडकमा आज टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ज ३५७२ नं को टाटा सुमो अनियन्त्रित भई सडक छेउको आँपको रुखमा ठोक्किँदा सुमोमा सवार उदयपुर कटारी नगरपालिका निवासी औचु लामाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते लामाको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको इप्रका धनगढीले जनाएको छ । दुर्घटनामा परी घाइत सुमो चालक विजयकुमार श्रेष्ठ, अर्जुन तामाङ, राजेश श्रेष्ठको विराटनगर र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्