मोरङ, भाद्र १६, इलाका प्रहरी कार्यालय रानीले “अवैध घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत आज ठुलो परिमाणको कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बिराटनगर महानगरपालिका १८ स्थित झटियाईमा १५ वटा घरबाट ३५ सय लिटर घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ नष्ट गरेको हो। त्यस्तै ५ सय लिटर तयारी मदिरा समेत बरामद गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।