झापामा छत्तीस हजार घरधुरी शौचालय विहीन

<span class='c1'>झापामा छत्तीस हजार</span> <span class='c2'>घरधुरी शौचालय विहीन</span>

बनियानी (झापा),  भदौ १६ गते  । झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ । सन् २०१७ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेपनि अझै ३६ हजार घरधुरी शौचालयविहीन रहेकाले चुनौती देखिएको हो ।

खुला दिसामुक्त अभियानमा सहयोग गर्ने साझेदार संस्थाको अभावका कारण अपेक्षाकृत प्रगति हासिल गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सहजकर्ता रुद्र न्यौपानेले बताउनुभयो । “चार महिनाभित्र अभियान सम्पन्न गरिसक्नुपर्ने चुनौती छ”, उहाँले भन्नुभयो, “अभियान सम्पन्न गर्न ठूलै चुनौती छ ।” हालसम्म झापाको बुद्धशान्ति गाउँपालिका मात्रै खुला दिसामुक्त भएको उहाँले बताउनुभयो ।

पहिलेका केही गाविस पनि खुला दिसामुक्त भएपनि स्थानीय तह पुनःसंरचनापछि अन्य गाउँपालिका÷नगरपालिका खुला दिसामुक्त हुन सकेका छैनन् ।

झापालाई सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने सरकारी लक्ष्य छ । समयावधि चार महिना मात्रै बाँकी छँदा सो लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा ठूलै चुनौती थपिएको छ । झापामा एकलाख ८१ हजार ७९७ घरधुरी छन् । तीमध्ये एकलाख ४५ हजार ८०० घरधुरीमा शौचालय निर्माण भइसकेको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्