विपक्षी दलका जनप्रतिनिधिले विकास निर्माणको काम गर्न नदिएको इनरुवाका मेयरको गुनासो

विपक्षी दलका जनप्रतिनिधिले विकास निर्माणको काम गर्न नदिएको इनरुवाका मेयरको गुनासो

इनरुवा, भदौ १६ /  सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर प्रमुख मेहताले सो कुरा बताउनुभएको हो । प्रमुख मेहताले आफू जननिर्वाचित भएपनि आफूलाई सेरेमोनियल ९आलंकारिक० झँै विपक्षी दलका जननिर्वाचित प्रतिनिधिले राख्न खोजेको गुनासो गर्नुभयो । उहाँले आफूलाई काम गर्न नदिइएकाले सोचेअनुरुप काम गर्न नसकेको र प्रगतिसमेत हासिल गर्न नसकेको बताउनुभयो ।

प्रमुख मेहताले बहुमतको खेलमा विपक्षी दलका साथीहरुले बहुमतको बलमा आफूलाई ‘पेण्डुलम’ बनाउन खोजेको आरोप लगाउनुभयो । जननिर्वाचित भएपश्चात् पार्टीभन्दा माथि उठेर कार्यसम्पादनलाई बढावा दिनुपर्नेमा विपक्षी पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कार्यशैलीले गर्दा समस्या उत्पन्न गराएको उहाँले दुखेसो पोख्नुभयो ।

प्रमुख मेहताले कुनै पार्टीको नाम नभने पनि इनरुवा नगरपालिकामा नेकपा ९एमाले० को बहुमत भएकाले सो पार्टीतर्फ इङ्गित गर्दै काम गर्न नदिएको बताउनुभयो ।

इनरुवा नगरपालिकाको कार्यपालिका र नगरसभामा एमालेको बहुमत रहेको छ । प्रमुख मेहताले आफू सेरेमोनियल नभई जनताको भोटले निर्वाचित भएर आएको जननिर्वाचित प्रतिनिधि भएकाले अरूले चाहेजस्तो अनुगमन अधिकारीसरह भएर चुप लागेर नबस्ने बताउनुभयो ।

प्रमुख मेहताले आफ्नो भिजन, स्रोत अनि दातृ निकायलाई ल्याउन सक्ने सामथ्र्य भएपनि आफ्नो सोचको कुनै कदर नभएको बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्