पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

<span class='c1'>पहिरो खसेर अवरुद्ध भएको</span> <span class='c2'>नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा</span>

चितवन, भदौ १६ गते । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

बिहिबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि अपराह्न ४ बजेदेखि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

पहिरोका कारण चार किलोमा ५० मिटर सडक बगेपछि भित्तापट्टी ढलको क्षेत्रलाई सम्माई दुईतर्फी सडक सञ्चालनमा ल्याइएको उनले बताए । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमा सडक बगाएको हो ।

सो सडकको पाँच ठाउँमा पहिरो खसेको थियो । जलवीरेमा दुई, कालिखोला, चारकिलो र पाँच किलोमा एक/एक स्थानमा पहिरो खसेको थियो । साउन अन्तिम साताबाट पहिरोको जोखिमका कारण रातको समयमा सो सडकमा सवारी आवागमन रोकिँदै आएको छ ।

जसका कारण बुधबार साँझबाट सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्