दशैंको लागि भदौ २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने

<span class='c1'>दशैंको लागि भदौ २२ गतेदेखि</span> <span class='c2'>अग्रिम बुकिङ खुला गर्ने</span>

 यातायात व्यवस्था विभागले दशैंको लागि भदौ २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

लामो दुरीका लागि २२ गतेदेखि नै टिकट खुला हुने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

उनका अनुसार यो वर्ष दशैंमा करिब २५ लाख यात्रु काठमाडौंबाट बाहिरिने अनुमान छ । त्यसका लागि दशैंको बेला दैनिक ७ हजार सवारी छुट्नैपर्ने हुन्छ ।

तर यातायात व्यवसायीले भने आफूहरुका केही माग पुरा नभएको बताएका छन् । उनीहरुले बसको छत नहुँदा दशैंका यात्रुको सामान कहाँ राख्ने भनी प्रश्न गरेका छन् ।

गतवर्षदेखि सबै सवारी साधनको छत निकाल्ने निर्णय विभागले गरेको थियो ।

छत नहुँदा यात्रुका सामान राख्न नमिल्ने, बाटोको अवस्था सुधार हुनुपर्ने लगायतका माग व्यवसायीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्