विराटनगरकाे पुरानाे तस्विरहरूसँगै यहाँकाे इतिहास – सुनिल उलक

<span class='c1'>विराटनगरकाे पुरानाे तस्विरहरूसँगै यहाँकाे</span> <span class='c2'>इतिहास – सुनिल उलक</span>

संकलक तथा शब्द: सुनिल उलक
बिराटनगरलाई पहिले गोग्राहा बजार भनेर चिनिन्थ्यो । बि.सं. १९७० मा वडाहाकिम जीतबहादुर खत्रीले रङ्गेलीमा भएका प्रमुख सरकारी कार्यालयहरूलाइ गोग्राहा बजारमा स्थानान्तरण गराए । यसरी ब्यबस्थित भएको गोग्राहा बजारलाई महाभारतकालीन बिराट राजाको नगरकाे मान्यता र एेतिहासिक महत्व दिदै बि.सं. १९७६ मा केशरशम्शेरले यस शहरको नाम बिराटनगर राखिदिए । हुन त बिराटनगर भन्नाले ठूलो शहर भन्ने पनि बुझाउछ ।

[caption id="attachment_39459" align="aligncenter" width="960"]
मिती - २०२२ कार्तिक स्थान - बिराटनगर
बिराटनगरकाे मूल सडकमा गाेरू गाडा
बि.सं. २०२५ बैशाख स्थान - बिराटनगर
बजारकाे दृश्य पुरानाे डिजाइनकाे लरी, रिक्सा तथा सडक छेउ थुपारकाे इटा याे त्यहाकाे दैनिकी हाे ।[/caption]

[caption id="attachment_39461" align="aligncenter" width="960"] बि.सं. २०२२ स्थान - बिराटनगर
भरियाहरू कामकाे प्रतिक्षामा[/caption]

बि.सं. २००३ फागुन २१ गते राणा विरोधी पहिलो आन्दोलन बिराटनगर जुट मिलमा हडतालबाट शुभारम्भ भएको थियो । त्यसरी शुरू भएको राजनैतिक अभ्यास पछि सम्म कायम रह्यो । नेपालको पहिलो रेडियो पनि यहिबाट शुरू भएको थियो । जसलाई प्रजातन्त्र पछि राजधानीमा सारे पछि रेडियाे नेपाल नामाकरण भयो । यहि शहरको कृष्णप्रसाद काेइरालाको तीनवटै छोरा देशको प्रधानमन्त्री बन्न सफल भए ।

[caption id="attachment_39466" align="aligncenter" width="960"] बि.सं. २०२२ स्थान - बिराटनगर
बिराटनगर बजार क्षेत्र[/caption]

[caption id="attachment_39467" align="aligncenter" width="960"] मिती - २०२२ स्थान - बिराटनगर
बिराटनगर विमानस्थल जाने सडक छेउमा भएकाे घर[/caption]

[caption id="attachment_39468" align="aligncenter" width="960"] बि.सं. २०२५ बैशाख स्थान - बिराटनगर, माेरङ
बैशाखकाे सुक्खा र गर्मी महिना र कच्ची बाटाे धुलाेले बेहाल छ ।[/caption]

[caption id="attachment_39469" align="aligncenter" width="960"] बि.सं. २०२५ बैशाख स्थान - बिराटनगर
बजारबाट गाउ तर्फ फर्कदै गाडाहरू[/caption]

[caption id="attachment_39470" align="aligncenter" width="960"] मिती - २०१८ स्थान - बिराटनगर
पाेखरीमा हात्तीलाइ नुहाइदिदै[/caption]

[caption id="attachment_39471" align="aligncenter" width="960"] बि.सं. २०२५ कार्तिक स्थान - बिराटनगर
केराकाे वाेटकाे स्वागतद्वार बनाएकाे बजार[/caption]

[caption id="attachment_39472" align="aligncenter" width="960"] बि.सं. २०२५ असाेज स्थान - बिराटनगर
केराकाे वाेटकाे स्वागतद्वार बनाएकाे बजार[/caption]

अहिले पनि बिराटनगर देशको राजनैतिक र ब्यापारीक अखडाको रूपमा प्रख्यात छ ।

[caption id="attachment_39473" align="aligncenter" width="960"] बि.सं. २०२५ असाेज स्थान - बिराटनगर
बजारकाे दृश्य[/caption]

[caption id="attachment_39474" align="aligncenter" width="960"] मिती - २०२७ स्थान - बिराटनगर
बिराटनगरकाे बजार क्षेत्रमा भएकाे पसलहरू[/caption]

बिराटनगर एक अर्को घटनाले पनि निकै प्रख्यात छ । त्यो हो बिराटनगर जहाज अपहरण काण्ड । २०३० जेठ २८ गते नेपाल राष्ट्र बैक, बिराटनगर शाखाबाट काठमाडौको लागी पठाइएको रू तिस लाख भारतीय रूपैया बोकेर उडेको ट्वीनअटर विमान १० मिनेटमा नै अपहरण गरी भारत बिहारको फारबेसगंज पुरयाइ रकम लुटिन्छ । यस घटनामा नेपाली कांग्रेस आबद्ध बसन्त भट्टराइ, दुर्गा सुवेदी र नगेन्द्र प्रसाद ढुंगेलको प्रत्यक्ष संलग्नता थियो भने डिजाइनरमा चक्र वास्ताेला र गिरीजा प्रसाद काेइरालाको संलग्नता थियो । विनोद अर्याल, शुशिल कोइराला, मनहरी बराल, राजेन्द्र दाहाल तथा विरू लामाको सहयाेगमा लुटिएको रकम दार्जीलिङ सम्म पुरयाउने काम भयो । यसलाई गौरवकाे रूपमा होइन कांग्रेसको पतित सोचको रूपमा लिनुपर्छ । यसलाई गौरवकाे रूपमा होइन कांग्रेसको पतित सोचको रूपमा लिनुपर्छ ।

[caption id="attachment_39462" align="aligncenter" width="960"] मिती - २०२२ कार्तिक स्थान - बिराटनगर
बिराटनगर विमानस्थल[/caption]

[caption id="attachment_39463" align="aligncenter" width="960"] बि.सं. २०२५ बैशाख स्थान - बिराटनगर
बिराटनगरकाे लाेहिया परिवारकाे घर[/caption]

[caption id="attachment_39464" align="aligncenter" width="960"] मिती - २०२४ चैत्र स्थान - बिराटनगर
जुट बाेक्ने गाेरू गाडा[/caption]

[caption id="attachment_39465" align="aligncenter" width="960"] बि.सं. २०२५ बैशाख स्थान - बिराटनगर
त्यतिबेला कहलिएकाे ब्रितिस राेड (धरान जाने बाटाे) मा जान तैयार गाडीहरू र साथमा पेट्राेल पम्म[/caption]

हालकाे बिराटनगरकाे नगर बस्ने क्रम साताै शताव्दीबाट भएकाे देखिन्छ । स्पष्ट एेतिहासिक जानकारी नभए पनि चीनकाे युनान प्रान्तबाट Mung Maw Rong काे नेतृत्वमा अाएकाे समुहले जंगल फडानी गरी यस क्षेत्रमा बसाेबास गर्न थालेकाे भन्ने लेखिएकाे छ । Mung Maw Rong काे शाव्दिक अर्थ Maw भन्ने देशकाे राजा भन्ने बुझिन्छ ।

Maw (स्थान) Rong (राजा) शब्द नै पछि अपभ्रंश भइ माेरङ भएकाे भनिन्छ । Rongli अर्थात राजाकाे दरवार भएकाे ठाउ नै हालकाे रङ्गाेली हाे भनिन्छ । पछि त्यस क्षेत्रका लिम्बुवान राजाले थाहा पाए पछि अाक्रमन गरी त्यस क्षेत्रबाट लखेटेर पठाए । याे किरात इतिहासमा इमानसिंह चेम्जाेङ ज्यू ले लेख्नु भएकाे पुस्तकमा छ, याे कथनमा के कति सत्यता छ भन्ने प्रमाणित गर्न कठिन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्