झापामा करेन्ट लागेर एक जनाको मृ*त्यु

<span class='c1'>झापामा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृ*त्यु</span>

भद्रपुर (झापा) ।झापा जिल्लाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ ।

आज(शनिबार) बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोड लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2