सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा तारा आचार्य चयन

<span class='c1'>सञ्चारिका समूह कोशी प्रदेशको</span> <span class='c2'>अध्यक्षमा तारा आचार्य चयन</span>

विराटनगर । सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा विराटनगरकी सक्रिय पत्रकार तारा आचार्य चयन भएकी छन् ।

सञ्चारिका समूह कोशी प्रदेशको विराटनगरमा सम्पन्न दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा निर्वाचित आचार्य नेपाल पत्रकार महासंघ मोरङको उपाध्यक्ष हुन् । सञ्चारिका समूहको प्रदेश उपाध्यक्षमा सुनसरीकी रुमा रिजाल, महासचिवमा मोरङकी जुनु भट्टराई, सचिवमा सुनसरीकी सुप्रिया राई, कोषाध्यक्षमा मोरङकी कविता घिमिरे चयन भएका छन् । सदस्यहरुमा इन्दु साह, शान्ति राई, उर्मिला दनुवार, सिर्जना खुलाल, सीता लिम्बू र सुशीला संग्रौला चयन भएका छन् ।

सञ्चारिका समूह मोरङको अध्यक्षमा विनु तिम्सिनालाई चयन गरिएको छ । मोरङको उपाध्यक्षमा उषा मण्डल, सचिवमा सुजता लिम्बू, कोषाध्यक्षमा अञ्जना पराजुली तथा सदस्यहरुहरुमा मिना विश्वास, नम्रता न्यौपाने, फुलमाया पुरी, रोमा दाहाल निशा, सरिता कर्मकार, इशु पन्त, गोमा ढुङ्गाना र दिपिका राजवंशी छन् ।

अधिवेशनको उद्घाटनका क्रममा कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले पत्रकारहरुले सत्यतथ्यमा आधारित पत्रकारिता र ३ तहका सरकारलाई खबरदारी गर्नेुपर्ने बताइन् । पत्रकार महिलाहरुलाई पेसागत रुपमा सक्षम बनाउँदै अघि बढ्नु पर्ने उनको भनाइ छ ।

दनुवारले पत्रकार महिलाहरुलाई अझै पनि पत्रकारिता क्षेत्रमा टिकिरहन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनीहरूलाई सशक्त बनाउन क्षमता अभिवृद्धि कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन् ।

अधिवेशनका अवसरमा मोरङकी अग्रज पत्रकार ललिता भट्टराईलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2