सुनसरी, भाद्र १९ , सुनसरीको ईटहरी-२० बस्ने १८ बर्षिय रबि राइको आइतबार पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ।
अपरान्ह ४ बजेतिर साथीहरुसंग रामधुनी नगरपालिका-७ चौसठ्ठी बिगाहा स्थित पोखरीमा पौडी खेल्न गएका राइ अचानक डुबेर वेहोस भएका थिए।
उनलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।