बडा दशैं २०७४ को लागि भदौ  २८ गतेदेखि नयाँ नोट सटही गर्न पाइने

बडा दशैं २०७४ को लागि भदौ  २८ गतेदेखि नयाँ नोट सटही गर्न पाइने

बडा दशैं २०७४ को लागि नेपाल राष्ट्र बैंकले भदौ  २८ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ ।

अघिल्ला वर्षहरुमा थापाथलीमा रहेको  राष्ट्र बैंकको कार्यालयबाट सटही गरिने व्यवस्था गरिएको भए पनि यसपटक भने नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका शाखाहरुबाट नयाँ नोट सटही गरिने राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

विभागले सार्वजनिक सूचना जारी गरी थापाथलीपरिसरस्थित क्षतिग्रस्त सिंहमहल भत्काउने कार्य भैरहकोले अन्य बैंकबाट वितरण गर्न लागिएको जानकारी दिएको छ ।

नेपाल बैंकका काठमाडौं बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्सालबाट सटही गरिने भएको छ ।

कृषि विकास बैंकका शाखाहरु गौशाला, कोटेश्वर, रामशहपथ, रत्नपार्क र मंगलबजारबाट पनि नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

यी बैंकबाट एकजनाले २० हजारसम्म नयाँ नोट सटही गर्न पाउनेछ । ५, १०, २०, ५० र १०० का नयाँ, सफा/ सुकिला नोटहरु साट्न सकिनेछ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका सटही काउन्टरबाट भने एकजनाले २७ हजारसम्म साट्न पाउनेछ ।

“संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ÷संस्थालगायत कार्यालयहरुलाई सम्बन्धित निकायको पत्रको आधारमा नयाँ, सफा/सुकिला नोटको उपलब्धता हेरी सटही गर्ने कार्य मुद्रा व्यवस्थापन विभाग, थापाथलीको काउन्टरबाट २०७४ भाद्र २१ गतेदेखि ३० गतेसम्म नोट सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ,” मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्