आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान अधिकृत स्थानीय तहमा खटिए

<span class='c1'>आगामी असोज २ गते हुने स्थानीय तहको</span> <span class='c2'>निर्वाचनका लागि मतदान अधिकृत स्थानीय तहमा खटिए</span>

जनकपुरधाम । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि धनुषा जिल्लाका मतदान अधिकृत स्थानीय तहमा खटिइसकेको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा जिल्लामा स्थानीय तहअन्तर्गत जनकपुर उपमहानगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, जनकनन्दिनी गाउँपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका, मिथिलाविहारी नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका, विदेह नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार तीन लाख ८९ हजार ३९१ मतदाता भएको यस जिल्लाको स्थानीय तहका लागि ३८५ मतदानस्थल र ६३३ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

सोअन्तर्गत जनकपुर उपमहानगरपालिकाको २५ वडामा ७५ हजार ५९४ मतदाताका लागि ५८ मतदानस्थल र १०१ मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनबाट जिल्लाको स्थानीय तहमा ९२९ जनप्रतिनिधि निर्वाचित हुने जनाइएको छ ।

जनकपुर उपमहानगरपालिकाको मतगणना महेन्द्रनारायण सांस्कृतिक केन्द्रमा र अन्य स्थानीय तहको मतगणना स्थानीय सुविधाअनुसार व्यवस्था गरिएको छ । जनकपुर उपमहानगरपालिकाको मतगणना स्थलमा सिसीटिभी जडानको व्यवस्था गरिने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्