बेलबारीमा दुई मोटरसाइकल आपसमा ठोक्किदा ४ घाइते

बेलबारीमा दुई मोटरसाइकल आपसमा ठोक्किदा ४ घाइते

मोरङ, भाद्र २० 

मोरङको बेलबारी नगरपालिका-८ चिसाङखोला नजिकै सोमबार दुई मोटरसाइकल आपसमा ठोक्किदा ४ जना घाइते भएका छन्।

पश्चिमबाटपूर्वतर्फ जांदै गरेको को ७ प २५५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को २५ प ५३५४ नम्बरको बेलुका ७ बजेतिर आपसमा ठोक्किएको थियो।

दुर्घटनामा २५५९ नम्बरको मोटरसाइकलमा सवार मोरङ कानेपोखरी गाउँपालिका-२ बस्ने ३० बर्षिय अम्बिका कोइराला,उनकै श्रीमती २८ बर्षिया सम्झना कोइराला छोरा २ बर्षिय असन कोइराला र ५३५४ नम्बरको मोटरसाइकलमा सवार धनकुटा राजारानी-६ बस्ने ४४ बर्षिय रुद्र लिम्बु घाइते भएका छन्।

घाइते चारै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

यता मोरङकै कटहरी गाउँपालिका-४ स्थित विराटनगर-रंगेली सडक खण्डमा को २१ प ९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक मोरङ जहदा गाउँपालिका-४ बस्ने १९ बर्षिय मुन्ना मण्डल, पछाडी सवार सोही ठाउँका १८ बर्षिय अनिल मुखिया र सोही मोटरसाइकले ठक्कर लागी पदैलयात्री रंगेली नगरपालिका ७ बस्ने बर्ष २० को निरज मण्डल समेत घाइते भएका छन्।

घाइते तीनै जनाको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्