विराटनगर १ का वडाध्यक्षकाे घरमा दिउसै चाेरी

विराटनगर १ का वडाध्यक्षकाे घरमा दिउसै चाेरी

विराटनगर महानगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष उद्धव(नानीबाबु) अर्यालकाे घरमा अाज दिउँसै चाेरी भएकाे छ । विराटनगर वाड नम्बर १ पाेखरीया स्थित त्रीवेणी वाचनालय नजिकै रहेकाे उनकाे घरमा अाज दिउसाे चाेरी भएकाे हाे । दिउसाेकाे करिब ३ देखि ५ बजेकाे बिचमा चाेरी भएकाे जानकारी अाएकाे छ ।

घरमा काेहि नभएकाे माैका पारी घरकाे पछाडीकाे बार्दलीबाट भित्र चाेर पसेकाे जनाइएकाे छ ।

घटनाकाे जानकारी पाए पछि पुगेकेा प्रहरीकाे टाेलीले प्रारम्भिक मुचुल्का उठाएकाे छ । स्थानीयवासीका अनुसार घरमा रहेकाे करिब २ लाख रूपैया चाेरी भएकाे छ । चाेरले नगद मात्र चाेरी गरि अन्य सामाग्रहरू नचाेरेकाे बताइएकाे  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्