भदौ २९ गते राष्ट्रिय बालदिवस मनाइने

भदौ २९ गते राष्ट्रिय बालदिवस मनाइने

प्रत्येक वर्ष भदौ २९ गते पर्ने राष्ट्रिय बालदिवस मनाउने तयारीलाई तिब्र पारिएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ भने प्रचारप्रसारका कार्यक्रमलाई पनि तिब्र पारिएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ ।

दिवसको यो वर्षको नारा ‘बालमैत्री शासन: बालअधिकारको सम्मान’ भन्ने तय गरिएको छ । अबको स्थानीय तहले बालमैत्री शासन स्थापित हुने गरी काम गर्नुपर्छ भनेर यसवर्षको नारा यसैअनुसार तय गरिएको बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहका जनप्रतिधिहरुसँग बालदिवस मनाउने विषयमा छलफलहरु भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्