बहुविवाह गरेका चन्द्रबहादुर ७ वर्षपछि पक्राउ

बहुविवाह गरेका चन्द्रबहादुर ७ वर्षपछि पक्राउ

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारबाट बहुविवाह मुद्दाको सात वर्षदेखि फरार रहेका अभियुक्तलाई मंगलबार राति पक्राउ गरेको छ ।

जिल्ला अदालत चौताराको २०६७ माघ ११ गतेको फैसलाले हेलम्बु गाउँपालिका–६ इचोक बस्ने २८ वर्षीय चन्द्रबहादुर ज्योतिलाई ११ महिना १५ दिन कैद र पाँच हजार ५०० जरिवाना सुनाएको थियो ।

कैद र सजाय भुक्तान नगरी फरार रहेका ज्योतिलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत बुझाइने इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय, मेलम्चीले एक दर्जन भन्दा बढी फरार अभियुक्त पक्राउ गरी जिल्ला अदालत बुझाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्