झापामा लागूऔषधसहित युवक पक्राउ

<span class='c1'>झापामा लागूऔषधसहित</span> <span class='c2'>युवक पक्राउ</span>

झापा, भाद्र २३ . झापाको मेचीनगर नगरपालिका-६ बसपार्कबाट प्रहरीले विहीबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतबाट नेपालतर्फ आउदै गरेका मेचीनगर नगरपालिका-१३ बस्ने २२ बर्षिय सुनिल थापा मगर रहेका छन्। उनलाई इलाका प्रहरी काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले दिउँसो २ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेपाम २० एम्पुल, लुपिजेशिक-२० एम्पुल र फेनारगन २० एम्पुल बरामद गरेको छ।

पक्राउ परेका मगरलाई आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ। यता लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटएको टोलीले २ ग्राम ब्राउन सुँगर सहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मे १ प ५२०२ नम्बरको स्कुटीमा सवार झापा बुद्दशान्ति गाउँपालिका १ बस्ने २७ बर्षिय सुमन अधिकारी र पछाडी सवार सोही ठाउँका २४ बर्षिय किरण पोख्रेल रहेका छन्। पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्