मोरङ, भाद्र २३, मोरङको जहदा-१ स्थित राजबंशी टोलमा विहीबार सिटी सफारीको ठक्करबाट एक बालिका घाइते भएकी छिन्।
घाइते हुनेमा सोही ठाउँका आनन्द राजवंशीको ४ बर्षिया छोरी आरपिता राजवंशी रहेकी छिन्।
उनलाई साँझ ५ बजेतिर को १ ह १४१७ नम्बरको सिटी सफारेल बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।
घाइते बालिकाकको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेरको छ भने सिटी चालक इलाका प्रहरी कार्यालय बुधनगरको नियन्त्रणमा छन्।