लायन्स क्लब बिराटनगर युनिकको विद्यालयलाई सहयोग

लायन्स क्लब बिराटनगर युनिकको विद्यालयलाई सहयोग

विराटनगर २३ भदौ । लायन्स क्लब बिराटनगर युनिकले क्लब सदस्य लायन प्रबिन अग्रवालको जन्मदिनको अवसरमा विद्यालय परिसरमा बृक्षरोपण गरेको छ । जन्मदिनको अबसरमा कोसीहरैचा नगरपालिका स्थित जुडि आधारभुत बिद्यालयमा १ सय १५ वटा फलफुल तथा अन्य जातका बिरुवा रोपेको हो । अग्रवालले बिद्यार्थीहरुलाई स्कुल ब्याग ६५ थान बितरण समेत गरे । विद्यार्थीहरुलाई खाजा खुवाउने , खेलकुद सामाग्री , शैक्षिक सामाग्री पनि बितरण गरिएको छ । अग्रवालले पचास हजार मुल्य बराबरको स्कुलका लागी स्कुल रङ्गयाउनको लागी रकम उपलव्ध गराएकाछन् । कार्यक्रममा नित्तम चौहान , बिनोद कुमार राउत , अजय दहाल लगायत प्राचार्य छत्रबाहादुर काफ्ले , बिद्यालयका ब्यवस्थापन अध्यक्ष बिनोद भट्टराई लगायत मन्त्यव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्