बाढी पिडीत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

बाढी पिडीत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

विराटनगर २४ भदौ । बाढी प्रभावित क्षेत्रका बालबालिकालाई तनाब व्यवस्थापन तालिम र शैक्षिक सामाग्री वितरण गरिएको छ । लियो क्लब अफ विराटनगर गुराँसले अमेरिकामा रहेको नेपाल क्म्युनिटी अफ फर्टहुडका सयोजक सन्तोष खरेल को सहयोगमा लियो क्लब अफ विराटनगर गुराँसले उक्त कार्यक्रम आयोजना गरेको थियो । विराटनगरको सत्यनारायण मा.बिका विद्यालयमा अध्यनरत बाढीबाट प्रभावित क्षेत्रका ६२ बालबालिकालाई तालिम र शैक्षिक सामाग्री प्रदान गरेको हो ।
चिफ डाईबेटिज केयर चेयर पर्सन लायन मोहन अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लायन ओम प्रकाश प्रसाईं , लायन उदय नारायण बराल , लायन तेज लाल कर्ण , लियो रन्जित भगत , लियो रन्जन शाही , लियो सुजित भण्डारि लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विधार्थीलाई तनाब व्यवस्थापन सम्बन्धि तालिम मनोविज्ञ क्राईसिसना बोधले प्रदान गरेको कार्यक्रम संयोजक बिबेक लामिछाने र निरज ढकालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्