कानेपाखरी गाँउपालीकाको बजेट ४० करोड

कानेपाखरी गाँउपालीकाको बजेट ४० करोड

विराटनगर २४ भदौ । बेलबारी र कानेपोखरी गाउपालीकाले आव २०७४ र०७५ मा ४० करोड १८ लाख ६४ हजार ६६ रुपैया १८ पैसा बराबरको निति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
सडकको स्तर उन्नती कालो पत्रे गा्रभेल कल्भट निर्माण सिचाई तटबन्धन बिधुत खानेपानी भाषा संकृतको संरक्षण गर्ने लगायतका बिषयलाई समेटेर उत्त बजेट सार्बजनिक गरि आज गाउपालीकाको कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । सो गाँउपालीकाले आय तथा ब्यय बराबर भएको निति तथा कार्यक्रम सार्बजनिक गरको छ । आय तर्फ ४०करोड १८ लाख ६४ हजार ६६ रुपैया १८ पैशा सकलन गर्ने जनाएको छ भने ब्यय तर्फ त्यतीनै खर्च हुने गाउपालीकाका प्रवक्ता शुसिल बुढाथोकिले बताए । गाउपालकिाले सवै भन्दा वढि पुर्बधार बिकासमा खर्चने भएको छ । जसका लागि १० करोड ४६ लाख ४८ हजार बजेट छुट्याईएको छ । सामाजिक सुरक्षामा ८ करोड ८० लाख बजेट छुट्याईएको छ । आर्थीक बिकासका लागी ४३ लाख १३ हजार १५ रुपैया सार्बजनिक गरीएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्