चालकले ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना न्यूनिकरण हुने

<span class='c1'>चालकले ट्राफिक नियमको पालना गरे</span> <span class='c2'>सवारी दुर्घटना न्यूनिकरण हुने</span>

विराटनगर २४ भदौ । सवारी चलाउने चालकले ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना न्यूनिकरण हुने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।
मोरङ मिनीबस व्यवसायी संघ विराटनगरको संयोजन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा विराटनगरमा शनिबार भएको ट्राफिक सचेतना अभियानमा सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मोरङ ट्राफिक प्रहरी प्रमुख मदन गिरीले ट्राफिक नियम पालना गरि सवारी चालक यात्रुप्रति उतरदायित्व बनेर सवारी चलाए सवारी दुर्घटना न्यूनिकरण हुने बताए । ‘प्रत्येक दिन सवारी दुर्घटनमा परि ज्यान गुमाउने संख्या बढ्दो छ,’ उनले भने, ‘न्यूनिकरण गर्न सबै लाग्नुपर्दछ ।’ सबैको साथ सहयोग र सचेतना फैलाउन सके सवारी र्दुघटना न्यूनिकरण गर्न सकिने ट्राफिक प्रहरी प्रमुख गिरीको तर्क रहेको थियो ।
‘अति व्यस्त क्षेत्र र पूर्वी राजमार्गको सडकमा को पहिले पुग्ने भन्ने प्रतिस्पर्धाले गर्दा सवारी दुर्घटनामा पर्ने गरेको छ,’ प्रमुख गिरीले भने, ‘चालकले ओभर टेक गर्ने सिस्टम अब अटाउनुपर्छ ।’ अनि मात्र दुर्घटनामा परि ज्यान गुमाउने संख्यमा कमी ल्याउन सकिने उनको भनाई छ ।
कार्यक्रममा मोरङ मिनीबस व्यवसायी संघ विराटनगरको अध्यक्ष दिलिप कुमार श्रेष्ठले समाजप्रति उत्तरदायित्व भएर ट्राफिक नियम पालना गरेर सवारी साधन कुदाउन चालकहरुलाई आग्रह गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्