मोरङ, भाद्र २४ , मोरङको विराटनगर-१८ स्थित जोगवानी-बिराटनगर सडक खण्डमा शनिबार माइक्रो बसको ठक्करबाट एक महिला घाइते भएकी छिन्।
घाइते हुनेमा विराटगर-१० बस्ने ५० बर्षिया मैया देवी कुमाल रहेकी छिन्। उनलाई प बा ३ ख ८२६२ नम्बरको माईक्रो बसले विहान ६ बजेतिर ठक्कर दिएको थियो। घाइते महिलाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने माइक्रोका चालक इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन्।
यता तेह्रथुमको लालिगुरास नगरपालिका-२ स्थित बस स्टेण्डमा स्टार्ट गरि रोकी राखेको को १ ख ३८७७ नम्बरको एक्कासी पछाडी गुडी नजिकै रहेको स्वस्तिका होटलमा काम गरी बस्ने संखुवासभा तामाफोक-२ बस्ने १५ बर्षिया लक्ष्मी राईलाई ठक्कर दिएइको छ। ठक्करबाट घाइते लक्ष्मीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। बसका चालक इलाका प्रहरी कार्यालय बसन्तपुरको नियन्त्रणमा छन्।