बिराटनगरमा स्कारपियोको ठक्करबाट साइकलयात्री घाइते

<span class='c1'>बिराटनगरमा स्कारपियोको ठक्करबाट</span> <span class='c2'>साइकलयात्री घाइते</span>

मोरङ, भाद्र २४, विराटनगर-१० स्थित कोशी राजमार्गमा शुक्रबार नम्बर नखुलेको स्कारपियोको ठक्करबाट साइकलयात्री दुई जना घाइते भएका छन्।

घाइते हुनेमा सिरहा जिल्लाको लहान नगरपालिका-७ बस्ने १६ बर्षिय चन्द्रशेखर यादव र सप्तरी पत्थरगाडा-२ बस्ने १५ बर्षिय मोहमद असिम रहेका छन्। घाइते दुवैको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने स्कारपियो र चालक फरार रहाकले खोजी भइरहेको छ।

त्यस्तै मोरङकै विराटनगर- बिराटनगर महानगरपालिका-४ स्थित भित्री सडकमा को ५ प १७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक विराटनगर-४ बस्ने ३१ बर्षिय मोहमद मयुद्धीन सेख र पछाडी सवार उनकै साली १८ बर्षिया नजरना खातुन घाइते भएकी छिन्। घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्