विरगञ्जबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

<span class='c1'>विरगञ्जबाट पेस्तोलसहित एक</span> <span class='c2'>भारतीय नागरिक पक्राउ</span>

प्रहरीले पर्साको विरगञ्जबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार पूर्वी चम्पारण थाना रक्सौल–२० मौजेका २५ बर्षीय महम्मद समशेरलाई प्रहरीले शनिबार एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका–७ राम टोलमा शनिबार राति उनी सवार विआर २२ एम ३२६३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलकोे सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका समशेरलाइै प्रहरी हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्