राउन्डटेवलद्धारा शैक्षिक सामाग्री वितरण

राउन्डटेवलद्धारा शैक्षिक सामाग्री वितरण

अावर विराटनगर डेस्क
विराटनगर २६ भदौ  / राउन्डटेवल विआरटी पाँचले सुशिक्षा निकुन्ज प्राविमा अध्ययनरत छात्र र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सोमवार राउडटेवलले विद्यालयका बाढीपिडित विद्यार्थीलाई झोला ,किताव,कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले शैक्षिक सामाग्री वितरण कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । १ लाख ५० हजार बरावरको शैक्षिक सामाग्री वितरण गरिएको टेवलर पंकज दुगडले जानकारी दिनु भयो ।  राउण्ड टेवलका अध्यक्ष गोपाल तोदीको संयोजकत्वमा भएको कार्यक्रममा टेवलरहरु सुनिल धनावत,राजेश धनावत,पंकज दुगड,रिसभ दाहाल,प्रबेश कुन्डलिया,गोविन्द अग्रवाल,पियुस लुनिया,र सन्दिप अग्रवालको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्