विराटनगर अाएका प्रचण्डले भने “देउवाले संक्रमणकालको अधिकतम लाभ लिए”

विराटनगर अाएका प्रचण्डले भने “देउवाले संक्रमणकालको अधिकतम लाभ लिए”

विराटनगर २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेर संक्रमणकालको अधिकतम लाभ लिएको टिप्पणी गरेका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले संक्रमणकालको अन्तिम सरकार भएको कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकतम लाभ लिएको हुनसक्ने बताए । ‘संक्रमणकालको यो अन्तिम सरकार हो,’ प्रचण्डले भने, ‘अहिलेको मन्त्रिपरिषद अन्तिम भएकै कारण शेरबहादुरजीलाई अधिकतम लाभ लिने छुट भएको होला।’ संविधानमा नै मन्त्रीको संख्या २५ तोकिएकाले अबको चुनावपछि बन्ने सरकार २५ सदस्यीय मात्र हुनुपर्नेछ। तर प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको अहिलेको मन्त्रिपरिषद ५४ सदस्यीय पुगेको छ। २ नम्बर प्रदेशका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न मधेस आएका प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले अत्यन्तै विकृत ढंगले पैसा खर्च गर्नुपरेको बताए। ‘ ‘२ नम्बर प्रदेशको निर्वाचनमा के हुन्छ अहिले नै भन्न सकिँदैन,’ प्रचण्डले भने, ‘निर्वाचन प्रणालीको त्रुटीका कारण मत प्रभावित पार्ने र पैसा खर्च गर्ने देखिएको छ।’ मधेसका जनताले माओवादीलाई माया गरेको र पार्टी प्रवेशको लहर चलेको आफूले पाएको बताउँदै उनले अहिलेको निर्वाचनबाट दुईवटा अतिवाद परास्त हुनुपर्ने निष्कर्षमा जनता पुगेको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्