खाजा खर्चको रकम संक्लन गरेर बाढी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

खाजा खर्चको रकम संक्लन गरेर बाढी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर । मोरङका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुबाट खाजा खर्चको रकम संक्लन गरेर अनेरास्ववियु (अखिल) मोरङले बाढी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । साउन अन्तिम साता आएको बाढीका कारण आफ्ना शैक्षिक सामाग्री गुमाएका विपन्न बालबालिका अध्ययनरत विद्यालयमा पुगेर अखिल मोरङले राहतस्वरुप शैक्षिक सामाग्री वितरण गरेको हो । सोमबार विराटनगर हाटखोला स्थित सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक कापी, बलपेन, पेन्सिललगायतका स्टेशनरी वितरण गरेको अखिल मोरङ अध्यक्ष गोकर्ण घिमिरेले बताए । एउटा विद्यार्थीलाई पिडा हुँदा सबै विद्यार्थी एक हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्न पनि यो अभियान सार्थक भएको बताउँदै अध्यक्ष घिमिरेले जिल्लाका बाढी प्रभावित विद्यालयमा पुगेर शैक्षिक सामाग्री वितरण गरिने बताए । चार सय १५ जना विद्यार्थी रहेको सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयमा अधिकांश बालबालिका विपन्न समुदायका छन् । विद्यालयका सहायक प्रधानाध्यापक चक्रप्रसाद पोखरेलले विद्यार्थीबाट एक÷दुई रुपैयाँ संकलन गरेर शैक्षिक सामाग्री वितरण गरेकोमा खुशि व्यक्त गरे । उनले विद्यालयमा अध्ययनरत बालबालिकालाई समेत यसबाट दुःख परेका बेला एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना जाग्नुपर्ने बताए । -न्युजसालाबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्