विराटनगरबाट भन्सार छलेको २ सय किलो सुर्ती बरामद 

विराटनगरबाट भन्सार छलेको २ सय किलो सुर्ती बरामद 

मोरङ, असोज ६ , विराटनगर महानगरपालिका-६ ब्रहमपुराबाट शुक्रबार प्रहरीले भन्सार छलेको २ सय किलो सुर्ती बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले विहान ४ बजे चार वटा साईकलमा ल्याउदै गरेको आठ बोरा अन्दाजी २ सय किलो सुर्ती बरामद गरेको हो।

बरामद सुर्ति जिल्ला प्रहरी कार्यालय मोरङमा राखीएको छ भने मानिसहरु फरार रहेकाले खोजी भइरेहको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्