बुद्ध लामा पहिलो नेपाल आइडल , मोरंगका निशान दोस्रो स्थानमा

<span class='c1'>बुद्ध लामा पहिलो नेपाल आइडल</span> <span class='c2'>, मोरंगका निशान दोस्रो स्थानमा</span>

पोखराका बुद्ध लामा नेपाल आइडल भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा लामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै नेपाल आइडल घोषित भएका हुन् ।

मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप भए । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिएको हो ।

उपाधिसँगै लामाले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० गाडी र १५ लाख बराबरको भिडियो एल्बम कन्ट्रयाक्ट पाएका छन् । निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाए । ९ करोड ३१ लाख मत आएको आयोजकले जनाएको छ ।  अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामा  टुरिजम् हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्