सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम विजयी

<span class='c1'>सिरहा नगरपालिकाको प्रमुखमा संघीय</span> <span class='c2'>समाजवादी फोरम विजयी</span>

लहान (रासस) । सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका अशेश्वर यादव र उपप्रमुखमा नेकपा (एमाले)का डा नविता यादव विजयी भएका छन् ।

फोरमका अशेश्वर यादवले नौ हजार २३४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन यादवले नौ हजार ६३ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा नविता यादव नौ हजार १६३ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शोभाकुमारी मण्डलले आठ हजार ९९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्