मिर्गौला फेर्न २९ वर्षीय जगत तामाङको लागि २४ लाख संकलन

मिर्गौला फेर्न २९ वर्षीय जगत तामाङको लागि २४ लाख संकलन

काँकडभिट्टा, असोज   ८ गते । दुवै मिर्गौला बिग्रिएर उपचारका क्रममा रहेका मेचीनगर झापाका २९ वर्षीय जगत तामाङको सहयोगका लागि रु २४ लाखभन्दा बढी रकम संकलन भएको छ ।

भारतको भेलोरमा मिर्गौला प्रत्यारोपणका लागि शनिबार जानुभएका तामाङको सहयोगार्थ ‘जगत तामाङ बचाउ समिति’ले सो रकम संकलन गरेको हो । जगतलाई रकम हस्तान्तरण गरेर भेलोर पठाइसकेको समितिका संयोजक पंकजविक्रम नेम्वाङले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका उहाँलाई आवश्यक उपचार गर्न सहयोग जुटाउन मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ संयोजक र गोपाल बस्नेत सदस्यसचिव रहेको करिब एक दर्जन सदस्य रहने गरी समिति गठन गरिएको थियो ।

समितिले मुलुकभित्र र बाहिरका नेपालीबाट सहयोग रकम संकलन गरेर रु २४ लाख ६८ हजार बैंकमा जम्मा गरेको थियो । सोही रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।
जगत तामाङलाई उहाँकै कान्छी बहिनी हिरा तामाङले एउटा मिर्गौला दान गर्नुहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्