दसैंको टिकाको दिन पनि वर्षा हुन सक्ने

दसैंको टिकाको दिन पनि वर्षा हुन सक्ने

काठमाडौं, असोज १३ – देशको पूर्वी तथा मध्य क्षेत्रमा मौसम बदली भएर केही ठाउँमा पानी परेको छ । पूर्वी क्षेत्रमा बनेको न्युनचापीय क्षेत्रका कारण मौसममा बदली भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । अहिले पूर्वको झापा र इलामका केही ठाउँ तथा मध्य क्षेत्रका तराईका केही जिल्लामा पानी परिरहेको उहाँले जानकारी दिनुभयो ।

देशको पश्चिमी भेगमा पनि आंशिक बदली रहेको छ । यो अवस्था अझै २ दिनसम्म रहने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदलीको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्