पथरीमा लिङ्गे पिङ खेल्ने क्रममा झगडा हुदा छुरा प्रहार

पथरीमा लिङ्गे पिङ खेल्ने क्रममा झगडा हुदा छुरा प्रहार

मोरङ, असोज १७ , पथरीशनिश्चरे नगरपालिका-७ मा मंगलबार विहान छुरा प्रहारबाट एक युवक घाइते भएका छन्।

लिङ्गे पिङ खेल्ने क्रममा बिवाद हुदा पिङ खेल्न आएका अपरिचित ३०/३५ जनाको समुहले सोही स्थान बस्ने भोला थापाको छोरा २० बर्षिय मदन थापा मगरलाई राती १२;१५ बजे छुरा प्रहार गरेको स्थानियले बताए।

छुरा प्रहारबाट घाइते मगरलाई उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ भने छुरा प्रहार गर्ने समुहको खोजी भइरेहको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

यता मोरङकै बुढीगंगा गाउँपालिका-२ गंगा चौक बस्ने १९ बर्षिय राकेश कुमार झा समेत खुकुरी प्रहारबाट घाइते भएका छन्। उनलाई सोही ठाउँका १८बर्षिय सुमित कुमार झाले सामान्य विवाद हुदा बेलुका ७ बजेतिर खुकुरी प्रहार गरेका थिए।

घाइते राकेशको बिराट मेडीकल कलेज गंगा चौकमा उपचार भइरेहको छ। भने खुकुरी प्रहार गर्ने सुमित इलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्