नयाँ शक्ति पनि नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने

<span class='c1'>नयाँ शक्ति पनि नेकपा एमालेसँग</span> <span class='c2'>चुनावी तालमेल गरेर अगाडि बढ्ने</span>

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पनि नेकपा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने भएको छ । “अहिलेसम्म भएको सहमतिका आधारमा एमालेसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने कुरा भएको छ,” नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देबकोटाले भने, “अहिले केही समयमा संयुक्त पत्रकार सम्मेलन गरेर घोषणा गर्दैछौं ।”

उनले नयाँ शक्ति पार्टीले एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनावमा जान भने अब सम्भव नरहेको बताए । “निर्वाचन आयोगले मतपत्र छाप्न सुरु गरिसकेको छ, त्यसैले प्राविधिक कारण पनि अब सूर्य चिन्ह लिएर अगाडि बढ्न भने मिल्दैन होला,” देवकोटाले भने ।

उनले नयाँ शक्ति पार्टी र एमालेबीच एकीकरणका बारेमा पनि छलफल भएको बताए । “चुनावपछि एमालेसँग एकीकरणकै प्रक्रियामा जाने हो,” उनले स्पष्ट पारे । -बारखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्